जंगलमा डडेलो लगाउँदै हिंड्ने पक्राउ
रामेछाप | बैशाख १७, २०८१
रामेछाप: रामेछापको रामेछाप नगरपालिका वडा नं.३ हिमगंगाको विभिन्न जंगलमा आगो लगाउँदै हिंड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरको छ ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ कालिकादेवी सामुदायिक वनमा आगो लगाउँदै हिडेका स्थानीय सुवास महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । स्थानीयहरुको सूचनाका आधारमा जंगलको ठाउँ ठाउँमा आगो लगाउँदै हिडेका महतलाई प्रहरीले पक्राउ गरि वन कार्यालयलाई जिम्मा लगाएको छ ।
जिल्लाका अधिकांश जंगलहरुमा डडेलो लागिरहको बेला कालिकादेवी सामुदायिक वनका उपभोक्ताहरुले भने जंगलमा आगो लगाउनेको पहिचाहन गरेर प्रहरीलाई खवर गरेका थिए । पक्राउ परेका महतलाई वन ऐन अनुसार कारबाहि हुने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

